Friday, February 20, 2015

महिलाहरु योनी भन्दा स्तनबाट बढी यौन आनन्द लिन्छन्

Leave a Comment
पुरुष र महिलाको शरीरमा रहेका संवेदनशिल अंग मध्ये यौन आनन्द दिने पुरुषको लिंग भए जस्तै महिलाको योनी हुनुपर्ने हो । तर महिलाहरुले योनीबाट भन्दा स्तनबाट बढी यौन आनन्द लिने एक सर्वेक्षणले देखाएको छ । अमेरीकामा करिब सय महिलाहरुमा गरिएको सर्वेक्षणले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन ।तर स्तनको स्पर्शले महिलाहरुमा बढी यौन आनन्द प्राप्त हुने हालैको अध्ययनले देखाएको छ ।

रट्जर्स विश्वविद्यालय अमेरिकाको अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले महिलाहरुको स्तनको टुप्पो योनी भन्दा बढी यौन संवेदनशीलताको कारण यी २ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्दा स्तनको बढी हुने निष्कर्ष निकालेका हुन् । योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गरेपनि स्तनको बढी हुने उनीहरुले दाबी गरेका छन् ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

0 comments:

Post a Comment